• २९ माघ २०८१, मंगलवार

त्रिशूली अस्पताल र खरानीटार अस्पतालमा आइशोलेसन कक्ष सहितको कोभिड क्लिनिक सञ्चालनमा

नुवाकोटमा कोरोना रोगको सक्रमण देखिएका बिरामीको उपचारको लागी कोभिड अस्पताल काठमाडौसम्म पुराउन नपरोस भनेर त्रिशूली अस्पताल र खरानीटार अस्पतालमा आइशोलेसन कक्ष सहितको कोभिड क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

नुवाकोटमा सक्रमण देखिएका बिरामीको जाँच एंव निगरानीको लागी डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलीले चौविसै घण्टा सेवा पुराउने आइशोलेसन कक्ष सहितको कोभिड क्लिनिकले नुवाकोटको बिरामीलाई काठमाडौ लैजानु पर्ने बाध्यता हटाएको मात्र होइन काठमार्डौमा बेडको अभाव भैरहदाँ जिल्लामा नै सुविधासम्पन्न आइशोलेसन कक्षमा बसेर उपचार गराउन पाएका छन् । त्रिशूली अस्पतालमा अहिले सुविधासम्पन्न ३० बेडको आइशोलेसन कक्ष सञ्चालन सहित आवश्यक परे बिरामीको स्वास्थ्यमा समस्या भएमा प्रत्यक्ष उपचारमा समेत परिचालनका लागी तयारी अबस्थामा रहेको त्रिशूली अस्पतालको ‘कोभिड–१९ का सम्पर्क व्यक्ति’ डाक्टर अमितकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्