• १३ बैशाख २०८१, बिहीबार

तारकेश्वरकाे अध्यक्षमा कांग्रेसका चोकराज शाक्यको उम्मेद्वारी हुनुपर्ने जनताको माग, तर शाक्य प्रदेशमा जाने तयारीमा

नुवाकोट, २८ फागुन । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ।

आगामी वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने भन्ने निर्णय मन्त्रिपरिषद्ले गत महिना नै गरिसकेको छ।

सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेसँगै देशभरी नै विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो उमेद्वारी र दावी प्रस्तुत गर्न थालेका छन् ।

यस्तै क्रियाकलाप केन्द्रिय राजनीतिको प्रत्यक्ष प्रभाव परेको नुवाकोट जिल्लाका १२ वटै स्थानिय तहका नेताहरुले आफ्नो उमेद्वारीको घोषणा गर्न थालेको देखिन्छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट स्थानिय तह निर्वाचनमा पालिकाको अध्यक्षको दावेदारमा विभिन्न नेताहरुले आन्तरिक तयारी गरिरहेको देखिन्छ ।

तारकेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट चोकराज शाक्यको उमेद्वारी हुनुपर्ने जनताको आकांक्षा देखिन्छ ।

नेपाली कांग्रेसका केन्द्रिय नेता प्रकाशशरण महत निकट मानिने शाक्यको समर्थनमा तारकेश्वरका कांग्रेसी नेता तथा कार्यकर्ताको ठूलो जमात नै देखिन्छन् ।

शाक्य तारकेश्वर गाउँपालिकाका विकाशशील नेताका रुपमा स्थापित रहेका छन् । उनलाई तारकेश्वरको युवा पुस्ताको राम्रो समर्थन देखिन्छ ।

नेपाली कांग्रेस पार्टीको कुशल साङ्गठनिक व्यक्ति एंव विकास प्रेमी नेता चोकराज शाक्यले विद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा सुरू गरेका थिए ।

वि.सं. २०४३ सालमा स्ववियु शंखरदेव क्याम्पस कमिटिको सदस्य भएर औपचारिक राजनीतिमा होमिका शाक्यले आफ्नो राजनीतिक प्रभाव केन्द्र सम्म राखेका छन् ।

नेता चोकराज शाक्यको राजनीतिक पृष्ठभूमि:

सदस्य : स्व.वि.यु. शंकरदेव क्यापस (२०४३-२०४६)

जिल्ला अध्यक्ष : नेपाल बिद्यार्थी संघ (२०४६-२०४८)

सदस्य: नेपाली कांग्रेस जिल्ला कार्य समिति ,नुवाकोट (२०४३-२०५६)

महाधिवेशन प्रतिनिधि : नेपाली कांग्रेस क्षेत्र नं.-३, नुवाकोट (२०४८-२०७८)

उपसभापति : नेपाली कांग्रेस ,नुवाकोट (२०५३-२०५६)

जिल्ला अध्यक्ष :‌ नेपाल तरुण दल,नुवाकोट (२०५६-२०५९)

केन्द्रिय सदस्य : नेपाल तरुण दल (२०५९-२०६४)

महासमिति सदस्य : नेपाली कांग्रेस क्षेत्र नं. -३, नुवाकोट ( २०६२-२०७२)

केन्द्रिय सदस्य : नेपाली कांग्रेस संघीय मामिला तथा प्रदेश समन्वय विभाग (२०७७-२०७८)

शाक्यले वि.सं. २०४२ सालदेखि नेपाल विधार्थी संघको राजनीतिमा संलग्न भै २०४६ को जिल्ला अधिवेशनसम्म आइपुग्दा दर्जनौं पटक प्रहरी गिरफ्तारीमा परी यातना भोग्नुको साथै २०४३ र २०४६ सालको जनआन्दोलन क्रममा ३ महिना जेल जिवन बिताएका थिए ।

उनले वि. सं. २०४३ सालदेखि २०५३ सम्म नेपाली कांग्रेस जिल्ला कार्य समितिको सदस्य पदमा रहि संगठन विस्तारको कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

वि. सं. २०४६ साल कार्तिक ०५ गते सम्पन्न नेपाल विधार्थी संघको अधिवेशनबाट जिल्ला अध्यक्ष पदमा रही संगठनलाई जिल्लाभर विस्तार गर्नमा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।

वि.सं. २०४८ सालको आठौं महाधिवेशन देखि हाल सम्म निरन्तर महाधिवेशन प्रतिनिधि रहि पार्टी संगठन अभिवृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

वि. सं. २०५३ साल देखी २०५६ साल सम्म नेपाली कांग्रेस जिल्ला कार्य समितिको उपसभापति पदमा रहि संगठन विस्तारको कार्यमा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।

वि.सं. २०५६-२०५९ सम्म नेपाल तरुण दलको जिल्ला अध्यक्षमा रहि जिल्लाभर तरुण दलको संगठन निर्माण गरी युवाहरूलाई पार्टीको सक्रिय राजनीति मा कृयाशिल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

वि. सं. २०५९-२०६४ सालसम्म नेपाल तरुण दलको केन्द्रिय सदस्य भइ राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

वि. सं. २०६२/०६३ को शाही शासन कालको विरुद्ध संचालित प्रतिगमन विरोधी जनआन्दोलन मा सक्रिय सहभागी हुँदा पटकपटक गिरफ्तारी भै प्रहरी हिरासतमा समेत बसेका थिए ।

वि.सं.२०६२ देखि २०६४ साल सम्म महासमिति सदस्य भै पार्टी संगठनलाई बलियो बनाउन नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।

उनले नेपाली कांग्रेस संघिय मामिला तथा प्रदेश विभागको केन्द्रिय सदस्य पदमा रही पार्टीको काम गरेका थिए ।

यति लामो राजनीतिक संघर्षले गरेर उदाएका नेता शाक्यले तारकेश्वर सहित समग्र नुवाकोटको सामाजिक, शैक्षिक र स्वास्थ्य र प्रत्यक्ष जनताको लाभ सँग जोडिएको काम र सेवा गर्दै आएका छन् ।

यस्ता विकाशशील र जनप्रिय नेता नै आसन्न स्थानिय तहको निर्वाचनमा कांग्रेसबाट उमेद्वार भएर कांग्रेसलाई विजयी गर्नुपर्ने माग जनताले राखिरहँदा शाक्यले भने प्रदेश तर्फ चुनाव लड्ने चाहना राखेको देखिएको छ ।

उनले तारकेश्वरको अध्यक्षमा उम्मेद्वारी दिँदा काँग्रेसले जित्ने मात्र नभई बहुमत ल्याउने नेता कार्यकर्ताको दावी छ । तर शाक्यले सिमीत पालिका मात्र नभएर सम्पूर्ण प्रदेशकै विकास र समृद्धिको लागि आफू प्रदेश निर्वाचनमा काँग्रेसबाट चुनाव लड्ने तयारी गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्