• १६ चैत्र २०८०, शुक्रबार

शक्ति संचय र प्रयोग :

वेलायतको वकिङ्गघम राज प्रसादको ढोकामा लेखिएको कविताको एक हरप – ­यहाँ बस्छन हाम्रा शक्ति शाली साम्राट अधिपति ..।

फ्रान्सका साम्राट नेपोलियन वोनापार्टले भनेका थिए : तिमी शक्तिसंग डराउछौ भने तिमी दास हो, तिमी शक्ति मन पराउछौ भने तिमी मालिक हौ र यदि तिमी शक्तिसंग खेल्छौ भने तिमी शासक हौ ।

माओले भनेका छनः शक्ति गोलिबाट आउछ । फेडरिक नित्सेले भनेका छन सत्य र शक्ति बोलिबाट आउदछ । जिवनमा शक्ति संचय गरेर कुनै फाइदा हुदैन जति शक्ति छ त्यसलाइ प्रयोगमा ल्यायो भने शक्तिले शक्ति बढाउदछ ।

शक्ति २ प्रकारका हुन्छन : मानसिक शक्ति र भौतिक शक्ति । युद्धको उत्पतिको नियम कस्तो हुन्छ भने : कुनै पनि समस्याहरुको शूरुमा नैतिक मान्यताद्धारा समाधान गर्न खोजिन्छ । नैतिकताले काम दिएन भने तर्कहरुद्धारा समाधान खोजिन्छ । यदि तर्कहरुले पनि समाधान निकालेन भने कानुनी उपचार खोजिन्छ र कानुनी उपचारले पनि समाधान भएन भने अनि युद्धबाट समस्याको समाधान खोजिन्छ ।

जसले तिमीलाइ जिवनमा अन्याय गरेको छ, अत्याचार गरेको छ, तिम्रा सजिलै हुने कामहरु अनावश्यक तरीकाले रोकिदिएको छ । म सबै भन्दा गतिलो हो भनेर तिमीलाइ हेपेको छ भने तिमी पनि के सोचाइ गर भने म पनि यी दुष्टहरुलाइ तह लगाउन सक्छु । उनिहरुले मलाइ हेप्न सक्छन भने म पनि उनिहरुलाइ हेप्न सक्छु ।

यदि उ आफुलाइ पावरफुल ठान्छ भने तिमीले आफुलाइ उ भन्दा चौवर पावरफुल ठानेर खुल्ला चुनौतिहरु दिन थाल । जिवनमा अरुले तिमीलाइ हेपेको, झुटा आरोपहरु लगाएको, तिमीलाइ अवसरहरुबाट बन्चित गराएको छ भने तिमी पनि उसलाइ त्यस्तै गर उसले तिमी माथि आज सम्म जस्तो गरेको छ । हामी संसार भरीका सबै जना मानिसहरु राजनैतिक संबैधानिक र कानुनी दृष्टिकोणले बराबर र समान हैसियत राख्छौ ।

त्यसैले अन्याय परेमा पावर पुगेपछि उससंग क्षतिपुर्ति लिन्छु भन्ने नसोच, अहिले तिमीसंग जति पावर छ त्यसको प्रयोग गर्न थालि हाल । धन्यवाद!!!





प्रतिक्रिया दिनुहोस्