• २२ मंसिर २०८१, शनिबार

सातौं नुवाकोट महोत्सवमा नियम पालना नभए जुनसुकै समयमा तत्कालै बन्द हुन सक्ने

२६ माघ,विदुर । नुवाकोट उद्योग बाणिज्य संघले यसै साता अर्थात भोलि बाट सञ्चालन गर्न लागेको सातौं नुवाकोट महोत्सव का लागी प्रशासनले विभिन्न १७ बुँदे निर्देशन सहितको सहमति दिएको छ ।

उक्त महोत्सव सञ्चालनको लागी संघले माग गरेको अनुमतिमा प्रशासनले शान्ति सुरक्षा, उपभोक्ता अधिकार तथा बजारमूल्य, आर्थिक पारदर्शिता लगायतका विषतलाई लिएर १७ बुँदे निर्देशन सहित संचालन गर्न अनुमति दिएको छ ।

विगतका दिनमा संचालन भएको महोत्सवले आर्थिक पारदर्शितामा नभएको तथा हिनामिना गरिएको आरोप खेप्दै आएको उद्योग बाणिज्य सघलाई यो पटक महोत्सव सम्पन्न भएको १५ दिनभित्र लेखा परीक्षण गरेर खर्च विवरण सार्वजनिक गर्न र त्यसको लिखित जानकारी प्रशासन कार्यालयमा बुझाउन समेत निर्देशन दिएको हो ।

उद्योग बाणिज्य संघ नुवाकोटलाई महोत्सव सञ्चालनको लागी दिएको १७ बुँदे निर्देशनको बुदाँ नं. ४ मा ‘मेलाको आम्दानी र खर्चको विवरण दुरुस्त राख्नुपर्ने र महोत्सव सम्पन्न भएको १५ दिनभित्र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न र त्यसको एक प्रति नुवाकोट प्रशासनलाई बुझाउन’ पर्न बुदा स्पष्ट लेखिएको छ ।

त्यस्तै यसपाली आर्थिक पारदशर्शिता तथा शान्ति सुरक्षा र उपभोक्ता अधिकारको पक्षमा पनि प्रशासनले स्पष्ट रुपमा सहित तोकिएका नियमको पालना गराउन सचेत गराएको खण्डमा मात्र संचालन गर्न चेतावनी दिएको छ ।

त्यस्तै विगतका महोत्सवमा जिल्ला भन्दा बाहिर र विदेशी सामग्रीहरुलाई प्रशस्त मात्रामा राख्ने पाइएको र यो पटक प्रशासनले त्यसो नगरी स्थानीय स्तरमा नै उत्पादन भएको अर्गानिक गाउँ समाज को पहिचान तथा जिल्लाको उत्पादनको योगदान पुग्ने तथा प्रबद्र्धन गर्न खाल्का सामाग्रि समावेश गराउनपर्न निर्देशन दिएको छ भने स्टलमा म्याद गुज्रेका, मिसावट तथा अखाद्य वस्तुहरु नराख्नको लागी सचेत गराएको छ ।

यस्तै, महोत्सव सञ्चालन गर्दा तोकिएको दिनको हरेक बिहान ११ बजेदेखि साझ ७ बजेसम्म मात्रै गर्नुपर्ने, जुवा, तास तथा अन्य हारजित हुने खेलहरु खेलाउन नपाइने, महोत्सवलाई व्यवस्थित बनाउन प्रयाप्त सङ्ख्यामा स्वयम सेवकहरु खटाउनुपर्ने निर्देशन दिएको छ ।

त्यस्तै महोत्सवमा सुरक्षालाई प्रभावित बनाउने खालका क्रियाकलाप भएको तथा हुनसक्ने संकेत देखिएमा जुनसुकै समयमा पनि स्थानीय प्रशासनले महोत्सव तत्कालै बन्द गराउने सक्ने निर्देशन बुँदा नं. ५ र १७ मा स्पष्ट भनेको छ ।

त्यस्तै आयोजकले दैनिक रुपमा भएको क्रियाकलाप नुवाकोट प्रशासन र नजिकै रहेको सुरक्षा इकाईलाई जानकारी गराउन समेत निर्देशन दिएको छ भने कानूनले निषेध गरेका गतिविधि गर्न नपाइने भनी उल्लेख गरेको छ ।

महोत्सवका क्रममा हुनसक्ने दुर्घटनाको औषधि उपचार र बीमाको सुनिश्चित गराउनुपर्ने र त्यसको जानकारी नुवाकोट प्रशासनलाई गराउनुपर्ने भनिएको छ ।

नुवाकोट प्रशासनले उद्योग बाणिज्यलाई दिएको अनुमतिमा महोत्सव स्थलमा मदिराजन्य पदार्थ सेवनमा पूर्ण रुपमा निषेध गर्नुपर्ने, सुरक्षा संयोजक बनाएर सुरक्षाकर्मीसग नियमित रुपमा समन्वय गर्नुपर्ने, जोखिमपूर्ण खेलहरु खेलाउन नपाइने, राजमार्ग अबरोध हुने तथा आवागमन प्रभावित बनाएर अवलोकनकर्तालाई राख्न नपाइने र पार्किङको लागी समेत सडकमा राख्न नपाइने गरेर उचित स्थान मिलाउनुपर्ने भनिएको छ ।

नुवाकोट प्रशासनले महोत्सव सञ्चालनको क्रममा उत्पन्न हुने फोहोरमैलाको व्यवस्थापन उचित रुपमा मिलाउन, प्रकाकृतिक श्रोत र सरकारी सम्पत्तिको दुरुपयोग गर्न नपाइने समेत उल्लेख गरेको छ ।

त्यस्तै कोरोना रोग सहित सरुवाजन्य रोगको सक्रमणको जोखिमबाट सुरक्षित हुने वातावरण बनाउन आवश्यक पूर्व तयारी र त्यसको कार्यान्वयन गर्नको लागी संघलाई निर्देशन दिएको छ ।

यश अघिका महोत्सवहरुमा आर्थिक अपारदर्शी, व्यवस्थापनमा लापबारही, महोत्सव भित्र राखिएका स्टलमा जाडरक्सीको विक्री र खुलमखुला सेवन लगायतक गुनासो यसपटक सुन्न नपर्ने तथा यो पटक विगत को भन्दा राम्रो बनाउन नुवाकोट प्रशासकीय अधिकृत सुरेश श्रेष्ठले हस्ताक्षर गरेर दिएको १७ बुँदे निर्देशनमा भनिएको छ ।

महोत्सव सञ्चालनको लागी पालना गर्नुपर्ने शर्तको उल्लंघन भएको पाइएमा तत्कालै महोत्सव रोक्न बाध्य हुने प्रशासनले दिएको अनुमतिमा चेतावनी समेत दिइएको छ ।





प्रतिक्रिया दिनुहोस्