काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसी संविधान दिवसको अवसरमा भोली आफ्नो गृह जिल्ला नुवाकोट आउने भएका छन् । उहाँले जेनजी समूहले आगजनी गरेको पार्टी कार्यालयको स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय भएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार आन्दोलनका क्रममा नेता केसीको घरमा समेत आगजनी भएको थियो । त्यसअनुरुप उहाँले विदुरस्थित निजि निवासको निरीक्षण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
नेता केसीको विदुरमा रहेको घर र काठमाडौंको गोंगबुस्थित घरमा जेनजी समूहले आगजनी गरेको छ भने इटहरीटरस्थित घरमा लुटपाट समेत भएको सचिवालयले जनाएको छ ।
संविधान दिवसकै दिन आयोजना हुने यस कार्यक्रमका क्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको समेत उपस्थित रहने अपेक्षा गरिएको छ ।