• १६ आश्विन २०८२, बिहीबार

बहादुर सिंह लामा भोलि नुवाकोट, कांग्रेस कार्यालय निरीक्षण र भेटघाट कार्यक्रम

विदुर, नुवाकोट ।

संविधान दिवसको अवसर पारेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री माननीय बहादुर सिंह लामा (तामाङ)ले नुवाकोटको विदुरस्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, वि.पि. स्मृति भवनको स्थलगत निरीक्षण गर्ने भएका छन्।

जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको जिल्ला पार्टी कार्यालयको अवस्था बुझ्न र पार्टी कार्यकर्तासँग अनौपचारिक भेटघाट गर्न उहाँ भोलि असोज ३ गते शुक्रबार बिहान १ बजे विदुर पुग्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहनेछ





प्रतिक्रिया दिनुहोस्