• २९ चैत्र २०८२, आईतवार

नुवाकोट क्रिकेट संघको छैटौं साधारण सभा सम्पन्न, स्थानीय तहसम्म संगठन विस्तारमा जोड

नुवाकोट क्रिकेट संघको छैटौं वार्षिक साधारण सभा विदुरस्थित बट्टारमा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठज्यूद्वारा सम्पन्न भएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख श्रेष्ठज्यूले नुवाकोट जिल्लामा क्रिकेट खेलको समग्र विकास तथा प्रवर्द्धनका लागि स्थानीय तह प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले खेलकुद क्षेत्रले युवा पुस्तालाई अनुशासित, स्वस्थ तथा जिम्मेवार नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै क्रिकेटजस्तो लोकप्रिय खेलमार्फत जिल्लाको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्न सकिने धारणा व्यक्त गर्नुभयो। साथै, खेल पूर्वाधार विकास, प्रतिभा पहिचान तथा प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सबै सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उहाँले औँल्याउनुभयो।

उक्त कार्यक्रममा उप–प्रमुख प्रभा बोगटीज्यू, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कबिन्द्र कारन्जितज्यू, नगर खेलकुद विकास समिति अध्यक्ष अच्युतराज महन्त गिरिज्यूलगायतको गरिमामय उपस्थिति रहेको थियो।

साधारण सभाले संघको वार्षिक आय–व्यय विवरण सर्वसम्मत रूपमा पारित गर्नुका साथै विभिन्न स्थानीय तहका संयोजकहरू चयन गरेको छ। जसअनुसार विदुर नगरपालिकामा संयोजकका रूपमा यादव अधिकारी, बेलकोटगढी नगरपालिकामा रबीन दाहाल, लिखु गाउँपालिकामा गणेशराज पाण्डे तथा ककनी गाउँपालिकामा विजय ढुङ्गानालाई चयन गरिएको छ।

संघका जिल्ला सचिव करण खतिवडाज्यूका अनुसार उक्त संयोजकहरू साधारण सभामार्फत मनोनित गरिएको हो





प्रतिक्रिया दिनुहोस्