संविधान दिवसको अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसी आफ्नो गृह जिल्ला नुवाकोट आउने भएका छन् । उहाँले जेन्जी आन्दोलनका क्रममा आगजनी भई क्षतिग्रस्त भएको विदुरस्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, वि.पि. स्मृति भवनको स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय भएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
यसै अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री माननीय बहादुर सिंह लामा (तामाङ) पनि नुवाकोट आउने भएका छन् । उहाँले पनि संविधान दिवसको अवसर पारेर शुक्रबार असोज ३ गते बिहान १ बजे विदुरस्थित पार्टी कार्यालयको निरीक्षण गर्ने र कार्यकर्तासँग अनौपचारिक भेटघाट गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।