नुवाकोट, मंसिर ३ – हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड नुवाकोट शाखा कार्यालय मंसिर ३ गतेदेखि नयाँ स्थानमा सरेर सेवा सञ्चालनमा आएको छ। शाखा कार्यालय अब विदुर–४, बट्टार बसपार्क प्रवेशद्वार नजिकैको मुख्य चोकमा अवस्थित नयाँ भवनबाट सेवा प्रदान गरिरहेको छ।

नयाँ कार्यालयको उद्घाटन कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले एक विशेष समारोहका बीच गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले ग्राहक सेवा विस्तार तथा सेवा प्रवाहलाई अझ प्रभावकारी र सहज बनाउने उद्देश्यले शाखालाई नयाँ स्थानमा स्थानान्तरण गरिएको बताउनुभयो।
शाखा प्रमुख श्रीकृष्ण आचार्यले नुवाकोटमा बीमा सेवाको पहुँच विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित नयाँ कार्यालयबाट सेवा सञ्चालन सुरु गरिएको जानकारी दिनुभयो।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश प्रमुख सुदर्शन श्रेष्ठ, लजिस्टिक हेड सुनम्रता श्रेष्ठलगायत अधिकारी तथा सरोकारवालाको उपस्थितिले कार्यक्रमलाई भव्यता प्रदान गरेको थियो।
नयाँ स्थानबाट सेवा सुरु गरेसँगै नुवाकोटवासीले अझ सहज, छरितो र विश्वासिलो बीमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।