• २८ बैशाख २०८२, आईतवार

कोपा अमेरिका फाइनलमा पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

एजेन्सी । कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ ।

माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ ।

खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् ।आज दुबै टिम उपाधि जित्ने योजनामा रहेको देखिन्छ ।

ब्राजिल पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।





प्रतिक्रिया दिनुहोस्