नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको जिल्ला अध्यक्षमा कुलबहादुर खड्गी पुनः निर्वाचित हुनुभएको छ।जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा खड्गीले आफ्ना प्रतिस्पर्धी विमल थापालाई ५३ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा पुनः विजय हासिल गर्नुभएको हो।
कुल २४३ मतदाता रहेको अधिवेशनमा २०९ मत खसेको थियो। खसेको मतमध्ये १२ मत बदर भएको थियो। निर्वाचनको अन्तिम मतपरिणामअनुसार खड्गीले १२५ मत प्राप्त गर्दा थापाले ७२ मत प्राप्त गर्नुभएको थियो।
निर्वाचनमा स्पष्ट मतान्तरसहित विजयी हुनुभएका खड्गीलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।