नुवाकोट, १५ असोज । नुवाकोेटको विदु्र नगरपालिका स्थ्ति लामीबगैंचा सामाजिक युवा क्लव पिपलटारको आयोजनामा शुक्रबारदेखि क्लब स्तरिय फुटबल प्रतियोगिता सञ्चालन भएको छ।
विदुर नगरपालिका ५ स्थित पिपलटारमा रहेको स्थानिय खेलमैदानमा लामीबगैंचा सामाजिक युवा क्लबको आयोजनामा शुक्रबार्देखि शुरु भएको फुटबल प्रतियोगिता असोज २२ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
क्लबका अध्यक्ष सुजन गजुरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख आतिथि विदुर नगर खेलकुद विकास समितिका संयोजक तथा नुवाकोट जिल्ला फुटबल संघका उपाध्यक्ष उद्धव पनेरुले फुटबल खेललार्इ नगरबाट के कसरी सहयोग गरेर अगाडि बढाउन सकिन्छ सोहि अनुरुप सहयोगमा अग्रसर हुने बताए । फुटबल खेलाडीलाई नुवाकोटको उच्चस्तरीय खेलाडी बनाउन खेलकुदलाई अझै स्थानीय स्तरबाट बलियो बनाउँदै लैजानुपर्ने बताए । उनले खेलकुदलाई आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग कहाँ कसरी गर्न सकिन्छ सधैं तयार रहेको उनले बताए ।
कार्यक्रममा विदुर नगरपालिका ३ का वडा अध्यक्ष बद्रि रिमाल, समाजसेवि लिलानाथ न्यौपाने, रामहरि गजुरेल, मान बहादुर डंगोल, एन्फा सदस्य तथा जालपा क्लव देविघाटका उपाध्यक्ष राजेन्द्र खतिवडा लगाएतको उपस्थिति रहेको थियो।
असोज २२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्ला भरिका ८ वटा क्लवहरुको सहभागिता रहेको छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाईने आयोजक समितिका अध्यक्ष सुजन गजुरेलले जानकारि दिए। गजुरेलका अनुसार प्रतियोगिता अन्तर्गत शुक्रबार भएको उद्घाटन खेलमा आयोजक लामीबगैंचा सामाजिक युवा क्लब पिपलटार र तारुका युवा क्लव तारुकाघाटबीच प्रतिष्पर्धा भएको थियो ।
प्रतियोगितामा लामीबगैंचा सामाजिक युवा क्लवले तारुका युवा क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।
खेलमा विजेता टिमका जर्सी नं. १० का आकाश रानामगर म्यान अफ दि म्याच घोषित भएका थिए ।
खेलमा आकाश रानामगरले ३ गोल गर्दै ह्याट्रिक गरेका थिए भने विनोद तामाङले १ गोल गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि उद्धव पनेरुले एन्फा रेफ्रि रामकुमार कोईरालालाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।