काठमाडौं, २१ मंसिर । कांग्रेसको वाग्मती प्रदेश सभापतिमा पराजित जगदीशनरसिंह केसीले पार्टीका संस्थापक बीपी कोइरालाले देखाएको आदर्शलाई घाटमा पुग्न नदिने बताएका छन् ।
उनले पार्टीमा अब बीपीको जस्तो आदर्श र निष्ठा नरहेको दाबी गर्दै त्यसलाई पुनर्जीवन दिन आफू निरन्तर लागिरहने बताएका छन् ।
बीपी जन्मस्थल सिन्धुलीको दुम्जा पुगेर नेता केसीले भने, ‘दुम्जाको माटोमा उभिएर बीपीले निर्माण गर्नुभएको कांग्रेस, अघि सार्नुभएको आदर्श र देखाउनुभएको लोकतन्त्रको बाटोलाई सम्झिएँ । उहाँको बाटोमा कांग्रेस हिड्नुपर्ने हो । तर, अहिले नेतृत्वले त्यसलाई घिसारिरहेको छ ।’