नुवाकोट, १६ कात्तिक । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले नुवाकोटका सबै कांग्रेस नेताहरु गुट उपगुट भन्दा पनि एकात्मक ढंगले अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस ककनी गाउँपालिका-४ द्वारा आयोजित शुभदिपावली तथा छठ पर्वको अवसर शुभ-कामना अदानप्रदान कार्यक्रममा बोल्दै कांग्रेस नेता केसीले पार्टी भित्रको भाँडभैलोले अधिवेशनमा ढिलाई भएको बताएका थिए ।
उनले पार्टीमा असल नेतृत्वको आवश्यकता परेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य बहादुर सिंह लामा, रमेश कुमार महत लगायतको उपस्थिति रहेको थियो ।