• १० बैशाख २०८२, बुधबार

एकदिवसीय वरीयतामा नेपाल यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ ।

अघिल्लो पटक वरियताको १८ औँ स्थानमा रहेको नेपाल अहिले पनि १८ औँ स्थानमा रहेको हो ।

नयाँ वरीयतामा नेपालको १७ खेलमा १८ रेटिङ रहेको छ । नेपालपछि अमेरिका र पपुवा न्युगिनी रहेका छन् ।

वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड रहेको छ । दोस्रोमा इंग्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया, चौंथोमा भारत र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

टी–ट्वान्टी वरीयतामा भने नेपाल १२ औं स्थानमा रहेको छ ।





प्रतिक्रिया दिनुहोस्