• २५ पुष २०८१, बिहीबार

नेपाल खेलकुद महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन फागुनमा

काठमाण्डौं : नेपाल खेलकुद महासंघ (नेकाेस)को दोश्रो राष्ट्रिय महाधिवेशन यही फागुन ७, ८ र ९ गते प्रदेश नं १ को विराटनगरमा आयाेजना हुने भएकाे छ।

आज काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै महास‌ंघका केन्द्रीय प्रचार विभाग प्रमुख तथा प्रवक्ता तीर्थ बहादुर खड्काले साेकाे जानकारी दिएका हुन्।

सम्मेलनमा साउन २९ गते सम्पन्न भएको महासंघको प्रथम विस्तारित बैठकमा महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन गर्ने र हाललाई महासंघकाे सबै शक्ति निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुने निर्णय भएकाे जानकारी गराइएकाे हाे।

नेकपा एमाले निकट उक्त महासंघको ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय सचिवालय र २१६ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय गरेको सो बैठकले अधिवेशन हुन् बाँकी रहेका जिल्लाहरूलाई भाद्र मसान्तभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको प्रवक्ता खड्काले जानकारी दिए।

त्यस्तै सो बैठकले ९११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्दै दुई जिल्लालाई एक कमान्डरसमेत तोकको छ।

महासंघको सो बैठकले सम्पूर्ण कमिटीहरूलाई निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुन निर्देशन दिँदै पार्टीको चुनावी घोषणापत्रमा खेल नीति र कार्यक्रमका लागि सुझाव दिन ओमकृष्ण प्रसाईंको संयोजकत्वमा चेतनराज गिरी, तिरण गौतम, नन्दा बस्याल  र शान्तामाया परियार सदस्य रहेको पाँच सदस्यीय सुझाव कमिटीसमेत गठन गरेको छ।

महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (परशुराम)ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको उक्त बैठकले सात प्रदेश कमिटी र खेल संघहरूलाई वार्षिक एउटा प्रतियोगिता र गतिविधि संचालनको तयारी गर्न निर्देशन दिएका थिए।





प्रतिक्रिया दिनुहोस्