नुवाकोट । नुवाकोट जिल्लामा रहेका विभिन्न बैंक र वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले संयुक्त रूपमा ‘बैंकर्स क्लब नुवाकोट’ गठन गरेका छन्।
क्लबको अध्यक्षमा प्रभु बैंकका शाखा प्रबन्धक सुबर्णराज कंडेल निर्वाचित भएका छन्। गठन भएको १३ सदस्यीय कार्यसमितिमा धुर्ब प्रसाद पुडासैनी र माधव प्रसाद अधिकारी उपाध्यक्ष रहेका छन्।

त्यसैगरी, जिवन बोगटी सचिव, सिरता के.सी सह–सचिव, राजुमान प्रधान , कोषाध्यक्ष र बिश्वम्बरमान सिंह डङ्गोल सह–कोषाध्यक्ष चयन भएका छन्।
सदस्यहरूमा कविता श्रेष्ठ ,सञ्जय पौडेल ,अर्तिला खतिवडा , दामोदर पाण्डे , शुसन श्रेष्ठ र सम्झना दवाडी रहेका छन्।
क्लबका अध्यक्ष कंडेलका अनुसार, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीबीच आपसी सम्बन्ध सुदृढ पार्ने र उनीहरूको हकहितको पक्षमा काम गर्ने उद्देश्यले क्लब गठन गरिएको हो