• २३ फाल्गुन २०८२, शनिबार

नेपाल बहुलताले भरिएको देश हो, एकल राज्य स्वीकार्य छैन : उपप्रधानमन्त्री महतो

काठमाडौं, २२ गते । जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालमा एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको बताउनुभयो ।

शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै महतोले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याउनुभएको हो । एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने उहाँको भनाई छ ।

उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशन समेत दिनुभएको छ । मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरी जेलमा रहेको बताउँदै सर्वोच्चले मुद्धा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराउनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्