
नुवाकोट, २ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतको पहलमा नुवाकोटको दुई स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नुवाकोटका सबै स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री वितरण गर्ने लक्ष्य रहेतापनि मंगलवार सूर्यगढी गाउँपालिका र लिखु गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष रोजिना राई र सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताइएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि अत्यावस्यक पर्ने मास्क, पिपिई, स्यानिटाइजर को साथमा भिटामिन सी, जिंक चक्की लगायतको सामाग्री हस्तान्तरण गरिएको हो ।