• १६ आश्विन २०८२, बिहीबार

अवैध नियुक्त मन्त्रीहरूको खारेजले सर्वोच्चको गरिमा बढाएको छ : काँग्रेस नेता अर्जुननरसिंह केसी


बाग्मती प्रेस। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको अवैध नियुक्त मन्त्रीहरूको खारेजले सर्वोच्चको गरिमा बढाएको नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीको ठम्याई रहेको छ ।

सर्वोच्च अदालतले जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरूलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीहरूलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको हो ।

मंगलबार सर्वोच्चले गरेको अन्तरिम आदेश र यस भन्दा अघिका निर्णयहरुले विधीको शासन,कानुनि राज्य र लोकतंत्र रक्षित अनुभूति भएको नेता अर्जुननरसिंह केसीले बताएका छन।

मंगलबार ट्विट मार्फत सर्वोच्चको फैसलाको स्वागत गर्दै प्रतिनिधि सभा पुनर्स्थापना,गिट्टी,बालुवामा रोक,मनपरी राजदूत नियुक्तमा रोक,नागरिक अध्यादेश र अवैध नियुक्त मन्त्रीको खारेजले सर्वोच्च अदालतको गरिमा र सम्मान उच्च बनाएको बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्