नुवाकोट। नुवाकोटमा गठबन्धन दलले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव परिचालन समिति गठन गरेको छ ।
नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने अरुण र निर्बाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका जिल्ला उपसभापती राजु थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि निर्माण गरिएको हो।
दुई वटै संघिय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन दलका तर्फबाट बनेका उम्मेद्धवारहरुलाई निर्वाचित गराउन निर्वाचन परिचालन कमिटिले काम गर्ने जनाएको छ ।
दुई संघिय निर्वाचन क्षेत्र रहेको नुवाकोटमा क्षेत्र नम्बर १मा गठबन्धन तर्फ नेकपा माओबादी केन्द्रका हितबहादुर तामाङ र निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट अर्जुन नरसिङ केसीको उम्मेदवारी रहेको छ ।
यस्तै, ४ प्रदेश सभा निर्बाचन क्षेत्र रहेको नुवाकोटमा गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ को प्रदेश क मा नेकपा माओबादी केन्द्रको तर्फबाट राधिका तामाङ, प्रदेश ख मा नेपाली काँग्रेस जिल्ला सभापती रमेशकुमार महतको उम्मेदवारी रहेको छ ।
क्षेत्र नम्बर २ को प्रदेश क मा नेकपा माओबादी केन्द्रबाट रामप्रसाद ढुङ्गाना र प्रदेश ख मा नेपाली काँग्रेसबाट बहादुर सिङ लामा तामाङको उम्मेदवारी रहेको छ ।
उक्त निर्वाचन परिचालन कमिटीले गठबन्धन दलका उम्मेद्वारलाई भारी मतले विजयी गराउन काम गर्ने जनाएको छ।दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा क्षेत्र नम्बर १मा गठबन्धन तर्फ नेकपा माओबादी केन्द्रका हितबहादुर तामाङ र निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट अर्जुन नरसिङ केसीको उम्मेद्धवारी रहेको छ ।
यस्तै, ४ प्रदेश सभा निर्बाचन क्षेत्र रहेको नुवाकोटमा गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ को प्रदेश क मा नेकपा माओबादी केन्द्रको तर्फबाट राधिका तामाङ, प्रदेश ख मा नेपाली काँग्रेस जिल्ला सभापती रमेशकुमार महतको उम्मेदवारी रहेको छ ।
क्षेत्र नम्बर २ को प्रदेश क मा नेकपा माओबादी केन्द्रबाट रामप्रसाद ढुङ्गाना र प्रदेश ख मा नेपाली काँग्रेसबाट बहादुर सिङ लामा तामाङको उम्मेद्धवारी रहेको छ ।