• ६ चैत्र २०८१, बिहीबार

संविधान रक्षाको लागि गठबन्धन गरिएको हो : अर्जुननरसिंह केसी


नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को बेलकोटगढी नगरपालिकामा आयोजित चुनावी भेटघाट कार्यक्रममा गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका केन्द्रीय नेता अर्जुननरसिंह केसीले संविधान रक्षाको लागि गठबन्धन भएको बताएका छन्।

उनले आइतबार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन इन्द्रेणी हो, जसको आफ्नै रङ हुन्छ, आ-आफ्नो बिचार, घोषणपत्र र एजेन्डा हुन्छ र ति सबैलाई संबोधन हुनेगरी काम गर्ने प्रतिबद्धता गरेका छन्।

काँग्रेस नेता केसीले भने, ‘गठबन्धन जित्न र जिताउनको लागि मात्र नभई राष्ट्र र संविधान जोगाउन तथा सार्वभौमिकतालाई सुरक्षित गर्न गरिएको हो । ‘

केसीले आफ्नो क्षेत्रका मतदाहरुसँगको कुराकानीमा लोभ, प्रलोभन, डर र धम्किमा नपरी अन्तरआत्माले मतदान गर्न भनेका छन्।

राजनीति सँगै सामजिक काममा निरन्तर सक्रिय केसीले आगामी निर्वाचनमा जित वा हार जे भएपनी सधैँ नुवाकोटको सेवा गर्ने बताएका छन्।





प्रतिक्रिया दिनुहोस्