• २५ फाल्गुन २०८२, सोमबार

नेता केसीको संयोजनमा कांग्रेस नेताहरू महाधिवेशन केन्द्रित छलफलमा



नुवाकोट, २७ असार । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीको संयोजनमा काँग्रेस इतरका युवा नेताहरू महाधिवेशन केन्द्रित छलफलमा जुटेका छन्।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार अपरान्ह ४ बजेपछि उनीहरू छलफलमा जुटेका हुन्।

केसीले यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित सभापतिका लागि आकांक्षीहरूसँग छलफल गरेका थिए।

पौडेल समूहबाट एक मात्रै सभापतिको उम्मेदवार बनाउन केसीले पहल गरिराखेका छन्। त्यसैलाई सार्थकता दिन भन्दै आज युवा नेतासँग छलफल गरिएको केसी निकट एक नेताले जानकारी दिए ।

छलफलमा केन्द्रीय सदस्यहरू धनराज गुरूङ, बद्री पाण्डे, चन्द्र भण्डारी, गगन थापा, गुरूराज घिमिरे, प्रदीप पौडेल, जीवन परियार, रामकृष्ण यादव, किरण यादवलगायत रहेको केसीको सचिवालय स्रोतले जानकारी दिएको छ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ। महामन्त्रीलगायत पदमा पनि मिलेर नै अगाडि बढ्नेबारे छलफल भएको एक नेता बताउँछन् ।





प्रतिक्रिया दिनुहोस्