• २५ फाल्गुन २०८२, सोमबार

पुरानो मेलाम्चीलाई सम्झँदै गायिका आशा लामा र गायक पदम दुलालको ‘मेलम्चीको दाई’ सार्वजनिक

अब पुरानो मेलाम्चीलाई मात्र भिडियोमा हेर्नको लागि गायिका आशा लामा ज्ञानमाला तथा गायक पदम दुलालको युगल स्वरमा मेलम्चीको दाई बोलको दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।

पदम दुलाल, भिमसेन खतिवडा र रुद्र केसीको शव्द रचना रहेको गीतको संगित गायक तथा संगीतकार नवराज घोरासैनी र एरेन्ज नारायण दंगालले गरेका हुन ।

चर्चित गायक घोरासैनीको युट्यूब च्यानल नवराज घोरासैनीबाट सार्वजनिक भिडियोको निर्देशन राज केसीले गरेका हुन भने छायांकन राम कुमार केसी र सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

मेलम्चीको मनोरम दृश्य समेटिएको भिडियोमा मोडल निर्मल क्षेत्री र सपना खड्का फिचर्ड रहेका छन । उक्त गित नुवाकोटका समाजसेवी एवं लोकगीत प्रेमी लक्षण लामिछानेको समर्थनमा रिलिज भएको हो ।





प्रतिक्रिया दिनुहोस्