• २३ फाल्गुन २०८२, शनिबार

दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा सुरु

काठमाडौं, १० साउन ।  कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा आजदेखि  सुरु भएको छ।  परीक्षा आज विहान ७ बजेदेखि सुरु भएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

स्वास्थ्य मापदण्डको पालनासहित परीक्षा आजदेखि सञ्चालन गरिएको जोशीको भनाइ छ। कोभिड–१९ का कारण परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा  सुरु भएको हो।  

परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाएका छन्। 





प्रतिक्रिया दिनुहोस्