• १५ आश्विन २०८२, बुधबार

नेपाली कांग्रेस नुवाकोटद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न


नुवाकोट, १३ कात्तिक । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले नेपालीहरुको महान चाड शुभ दिपावली, छ्ड पर्व, नेपाल सम्बत, तमु लोसारको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

शुभकामना कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अर्जुननरसिंह केसी, डा. केदारनरसिंह केसी, जगदिश्वर नरसिंह केसी, सरोज केसी लगायतले शुभकामना मन्तव्य दिँदै सम्बोधन गरेका थिए ।

शनिबारको चियापान कार्यक्रममा कांग्रेस सम्बद्ध नेता कार्यकर्ताको उल्लासजनक उपस्थिति रहेको थियो । जिल्ला सभापति केसीले आयोजना गरेको कार्यक्रममा क्षेत्रीय प्रतिनिधिहरु जिल्लाका ८८ वटै वडाका वडासभापतिहरु गाउँपालिका र नगरपालिकाको सभापति लगायत कार्यसमितिहरु, प्रदेश कार्यसमिति क्षेत्रीय कार्यसमिति जिल्ला कार्यसमिती माहाधिबेशन प्रतिनिधि र महासमिति सदस्य लगायत कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्