• १५ आश्विन २०८२, बुधबार

आज कांग्रेस जिल्ला अधिवेशन हुँदै, डा. केदारनरसिंहलाई नै भोट किन ?

नुवाकोट, १० मंसिर । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत शुक्रबार नुवाकोटमा जिल्ला अधिवेशन हुँदै छ ।

आज हुने अधिवेशनका लागि मुलतः २ प्यानलबीच चुनावी भिडन्त हुँदै छ ।जिल्ला सभापतिमा नुवाकोटमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

कडा प्रतिस्पर्धाका बीच नेपाली कांग्रेसका नेता एवं समाजसेवी डा. केदार नरसिंह केसीको सभापतिको उमेद्वारीलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

डा. केदार नरसिंह केसी नुवकोटे जनताको प्रिय सेवकका रुपमा चिनिन्छन् ।

स्वास्थ्य सेवामा रहेर पनि जनताको हरेक समस्यामा अग्र पङ्तीमा रहेर खटिने केसी २०७२ को भूकम्प , कुनै सवारी दुर्घटना होस वा सुत्केरी अवस्थामा प्रसव पीडामा रोईरहेकि सुत्केरी, हरेक समस्यामा समाधान बनेर उपस्थित हुने डा. केसी हरेक राजनीतिक दलका नेता र आम जनताका प्रिय नेता हुन् ।

डा.केसीले नुवाकोट कांग्रेसको नेतृत्व गर्दा आम कांग्रेस कार्यकर्ता र स्वयं कांग्रेसको जिवन्त इतिहासमा फलदायी हुने कार्यकर्ताहरुले अपेक्षा गरेका छन् ।

डा.केसी जस्तो सच्चा समाजसेवी लाई अबको कांग्रेसको नेतृत्व बनाउन आबश्यक रहेको नुवाकोटका काँग्रेस नेताहरू बताउँछन् ।

प्रजातान्त्रिक बिचार समाज , बी.पी. स्मृति अस्पताल सहित अनेक सामाजिक संस्था र अभियानको नेतृत्व गरेका डा. केसीको विकल्प कार्यकर्ताले खोज्ने हो भने त्यो भन्दा ठूलो गल्ती अरु हुन नसक्ने एक काँग्रेस नेताले बागमती प्रेसलाई जानकारी दिए ।

डा. केसी नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका दाई र पूर्व मन्त्री अर्जुननरसिंह केसीका भाई हुन् ।





प्रतिक्रिया दिनुहोस्