• २३ फाल्गुन २०८२, शनिबार

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले फराकिलो अग्रता बनाएका छन्। 

मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गरेका छन्। 

अध्यक्षका अर्का प्रत्यासी भीम रावलले १९६ मत ल्याएका छन्। 

विहान ४ बजेदेखि भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ जनाले मतदान गरेका थिए। 

 नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । मंगलबार सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट ओली भारी मतले निर्वाचित भएका हुन् । यद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।





प्रतिक्रिया दिनुहोस्