काठमाडौं, १३ पुस । कांग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टीभित्र बरीयता निर्धारण गर्दा परम्परा र ऐतिहासिक तथ्य वा हालैको परम्परा तोड्नु अनुपयुक्त भएको बताएका छन् ।सामाजिक सञ्जाल ट्विटरमा लेख्दै केसिले यस्तो बताएका हुन् ।उनले राजनीतिक व्यक्तित्व र प्रतिष्ठा कसैले तोकेको वरीयताले होइन जनता र आम कार्यकर्ताको मूल्यांकन र विश्वासमा निर्भर हुने पनि उल्लेख गरेका छन्।
नेता केसिले ट्विटरमा लेखेका छन्, “राजनीतिक व्यक्तित्व र प्रतिष्ठा कसैले तोकेको वरीयताले होइन जनता र आम कार्यकर्ता साथीहरूको मूल्यांकन र विश्वासमा निर्भर हुन्छ। यसरी पार्टी पंक्ति निर्धारणका परम्परा र ऐतिहासिक तथ्य वा हालैको परम्परा तोड्नु अनुपयुक्त हो,तसर्थ निश्चित मापदण्डको लागि निस्पक्ष र खुला विवेचना गरौं।”
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले नेताहरुको बरीयता निर्धारण गरेपछि त्यसले कांग्रेसभित्र तरङ्ग ल्याएको छ भने निर्णयको पक्ष बिपक्षमा प्रतिक्रीयाहरु आइरहेका छन् । बारीयताको बिषयले पार्टिभित्र आगामी दिनमा पनि बिबाद ल्याउन सक्ने जानकारहरु बताउछन् ।