नुवाकोट, १९ पुस । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ स्थित बट्टार बजारको न्यौपाने भवनमा नेपाल धितोपत्र वोर्डबाट लाइसेन्स प्राप्त नेपाल स्टक हाउस स्टक ब्रोकर नं. १४ को शाखा कार्यलय सञ्चानमा आएको छ ।
वि.सं. २०५० साल काठमाडौंको अनामनगरमा स्थापना भएको नेपाल स्टक हाउस प्रा.ली. स्टक ब्रोकर नं. १४ को शाखा कार्यलय नुवाकोटको विदुर नगरपालिका-२ बटार न्यौपाने भवनको चौंथो तलामा आ.व. २०७८/०७९ साउन महिनाबाट सञ्चालनमा आएको शाखा प्रमुख सुदिप अर्यालले बागमती प्रेसलाई जानकारी दिए ।
गत साउनबाट सञ्चालमा आएको शाखाबाट हालसम्म २ हजार भन्दा बढिले ब्रोकर खाता, एक हजार भन्दा बढिले डिम्याट खाता खोलेर सेवा लिईरहेका छन् ।
उक्त शाखाबाट डिम्याट खाता सम्बन्धि सम्पुर्ण सेवाहरु शेयर कारोबार सम्बन्धि सम्पूर्ण सेवाहरु, शेयर परामर्श, अन्य शेयर सम्बन्धी जानकारीहरू र विशेषज्ञ मार्फत शेयर सचेतना सम्बन्धि कार्यक्रमको सेवा लिन सकिने शाखा प्रमुख अर्यालले बताए ।
साथै, आफ्नो शाखाबाट प्रवाह हुने सेवालाई चुस्तदुरुस्त राख्ने र सेवामा कुनै पनि कमी आउन नदिने तथा कार्यसम्पादनको क्रममा कुनै अफ्ठेरो परिस्थिति आएमा तुरुन्त जानकारी गराउन समेत शाखा प्रमुख अर्यालले अनुरोध गरेका छन् ।
पछिल्लो समय नुवाकोटका अधिकांशले शेयर बजारमा लगानि गर्दा स्टक नं. १४ बाटै कारोवार गर्ने गरेको पाइएको छ ।

