• ३० फाल्गुन २०८२, शनिबार

नेपाली काङ्ग्रेस म्यागङ गाउपालिका ३ काे पार्टी कार्यालय उद्घाटन

नेपाली काङ्ग्रेस म्यागङ गाउपालिका वडा नम्बर ३ काे पार्टी कार्यालय उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमकाे बिच नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एब्म प्रतिनिधि सभा सदस्य बहादुरसिङ लामा (तामाङले) कार्यालयकाे उद्घाटन गर्नु भएको हाे । पार्टी कार्यालय उद्घाटन गर्नुहुदै उहाले वडा स्तरमै पार्टी कार्यलय सञ्चालन हुनाले पार्टीको हरेक गतिविधि र कृयाकलाप सञ्चालन गर्न सहज हुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस सबै जनाकाे सहअस्तित्व, मनाेभाबना स्विकार्दै लैजाने पार्टी भएकोले सधैभरि जनताको सुख दुखमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्दता जनाउनु भएको छ । काङ्ग्रेसको १४ औ महाधिवेशनकाे समयमा पार्टी भित्र देखिएको मतभेद अन्त्य गर्दै अाफ्नाे पार्टी भित्र मन बिभाजन भएता पनि अबकाे दिनमा मत बिभाजन नगर्न केन्द्रीय सदस्य लामाले नेता तथा कार्यकर्तालाई अनुरोध गर्नु भएको छ । देशमा अब छिट्टै नै स्थानीय तह, प्रदेश र सङ्घकाे निर्बाचन पनि अब हुने भएकोले निर्वाचनमा शशक्त भुमिका निर्बाह गर्नु पर्ने भएकोले भादृ तथा शुभेच्छुक सस्थाहरुलाई चलायमान बनाउन निर्देशन दिनु भएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका पुर्बसभापति सभापति धुर्ब अधिकारी, क्षेत्रीय सभापति जगत बहादुर तामाङ, म्यागङ गाउपालिका वडा नम्बर २ काे वडा अध्यक्ष रुपबहादुर तामाङ, ४ काे वडा अध्यक्ष कमल तामाङ, ६ काे वडा अध्यक्ष अातामसिङ तामाङ, लगायतले अब हुने देशकाे हरेक निर्वाचनमा पार्टी भित्र फुट नभए जुटेर जान अाबश्यक रहेकाे बताएका छन् । कार्यक्रममा नेकपा एमाले, नेकपा माअाेवादी केन्द्र लगायत पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गरेकाहरुलाई नेपाली काङ्ग्रेसकाे केन्द्रीय सदस्य बहादुरसिङ लामा तामाङले स्वागत गर्नुभएको छ । वडा भित्र हुने पार्टीको हरेक कामहरु गर्न सहज हुने भएकोले पार्टि कार्यलय सञ्चालन गरिएको वडा सभापति मङ्गल सिङ तामाङले बताउनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्