• २८ फाल्गुन २०८२, बिहीबार

राष्ट्रिय भूमि आयोग नुवाकोटको अध्यक्षमा अर्जुन प्रसाद न्यौपाने

नुवाकोट, ३० पुस । सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ ।

‘राष्ट्रिय भूमि आयोग, ०७८’ को नुवाकोट अध्यक्षमा अर्जुन न्यौपाने नियुत्त भएका छन् ।

नेपाल सरकारको गत बिहीबारको निर्णयले नेपाली कांग्रेस नुवाकोटका नेता तथा महासमिति सदस्य रहेका न्यौपानेलाई अध्यक्षमा नियुत्त गरिएको हो । अन्य सदस्यको नाम भने आउँन बाँकी रहेको छ ।

यसअघि नेकपा एमालेले सरकारको नेतृत्व गर्दा भुमि आयोग नुवाकोटको अध्यक्षमा एमाले नेतृ बिन्दा ढुङगाना रहेकी थिइन् ।

साथै यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा सो आयोग खारेज गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्