काठमाडौं : ७२ औँ बर्लिन इन्टरनेशनल फिल्म फेस्टिवलमा नेपाली सर्ट फिल्म ‘ह्विल्स अन द बस’ छनोट भएको छ। फेब्रुअरी १० देखि २० सम्म जर्मनीको बर्लिनमा आयोजना हुने फेस्टिवलमा सूर्य शाहीको ‘ह्विल्स अन द बस’ छनोट भएको हो।
सन १९५१ देखि आयोजना हुँदै आएको बर्लिन इन्टरनेशनल फिल्म फेस्टिवल विश्वका प्रतिष्ठित फिल्म फेस्टिवलमध्येमा गनिन्छ। फेब्रुअरी १० मा फ्रान्सेसी निर्देशक फ्रांकोस ओजोनको फिल्म पिटर वोन कान्टबाट फेस्टिवलको उद्घाटन हुनेछ।