• २३ फाल्गुन २०८२, शनिबार

तोलामा एक हजार बढ्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा सुनको भाउ एक हजारले बढेको छ। 

हिजो तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजारले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ।

तेजाबी सुनको भाउ पनि तोलामा १ हजारले नै बढेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ।





प्रतिक्रिया दिनुहोस्