धादिङ, १४ माघ । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी धादिङ शाखाले जिल्लाको रुविभ्यालि गाउँपालिकाको वडा नम्बर ५ का स्वर्गीय हाेम बहादुर तामाङको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ।
कम्पनीले स्वर्गीय तामाङकी श्रीमति पविस्का माया तामाङलाई ५ लाख ५२ हजार ४७ रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । तामाङले २०७५/०५/१२ गते नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा ५ लाख रुपैयाँको सुरक्षित जीवन बीमा योजना सुरु गरेका थिए।
उनको २०७८ असार १२ गते हृदयघातका कारण उपचारका क्रममा निधन भएको थियो।
बीमाको दावी रकम भुक्तानी कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाका प्रमुख बिकाश न्याैपाने रूविभ्यालि गा.पा.वडा नं ५ का वडा सदस्य दर्ज्युङ तामाङ शाखा कार्यलय वरिष्ठ एजेन्सि म्यानेजर प्रकाश तामाङ तथा एजेन्सि म्यानेजर सविता श्रेष्ठको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कम्पनीका धादिङ शाखा प्रमुख विकाश न्यौपानेले नेपालमा जीवन बीमाको विकास पूर्ण रुपमा नभइसकेको अवस्थामा यस प्रकारका भुक्तानी जीवन बीमाको महत्व उजागर गर्न फलदायी हुने बताए ।