• २५ फाल्गुन २०८२, सोमबार

त्रिचन्द्रमा पहिलोपटक हल्ट प्राईज प्रतियोगिता हुने

काठमाडौं, १५ माघ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र कलेजमा सामाजिक उद्यमशीलता विकास सम्बन्धि अन्तर्राष्ट्रिय रुपमा सञ्चालन हुने ‘हल्ट प्राईज प्रतियोगिता हुने भएको छ ।

विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राईज प्रतियोगिता त्रिचन्द्र कलेजमा पहिलो पटक आयोजना हुने भएको हो।

हल्ट विजनेस स्कुल, हल्ट प्राईज फाउण्डेशन र संयुत्त राष्ट्र सङ्घको सहकार्यमा आयोजना हुने यस प्रतियोगितामा विश्वभरिबाट कुनै पनि शैक्षिक संस्थानमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विध्यार्थीले सहभागिता जनाउन पाउने छन् ।

दिगो विकाश लक्ष्यमा रहेर हल्ट प्राईज फाउण्डेशनद्वारा हरेक बर्ष पेश गरिने चुनौतीमा आधारित सामाजिक उध्यमशीलता बारे प्रतियोगीले प्रस्तुती दिनुपर्ने हुन्छ।

चार तहमा सञ्चालन हुने यस प्रतियोगिताको सर्वोत्कृष्ट टोलिले उक्त उध्यमशिलताको सुरुवात गर्न रु. १ मिलियन डलरको पुरस्कार प्राप्त गर्ने छन् ।

हल्ट प्राईज २०२२/२४ का लागि हल्ट प्राईज फाउण्डेशनद्वारा विश्वभर २ हजार रोजगारी सिर्जना गर्न सक्ने विचार खोज्ने चुनौती प्रस्तुत गरेको छ ।

उक्त चुनौतीले विश्व अर्थतन्त्रलाई उत्प्रेरित गर्दै विभिन्न रोजगरिको सृजना गरी समृद्ध जीवनस्तरको प्रबर्धन गर्नु मुख्य उदेश्य राखेको छ ।

यस अन्तराष्ट्रीय प्रतियोगिता को बाह्रौँ संस्करणमा त्रिचन्द्र कलेजबाट विद्यार्थीहरु सहभागी हुन सक्ने छन् ।

युवालक्षित परिवर्तनको पहिलो सहयात्री हल्ट प्राईज त्रिचन्द्र भन्ने मुल नाराका साथ पहिलो पटक त्रिचन्द्रमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

यो एक प्रतियोगिता मात्र नभइ व्यक्तित्व विकासको पहिलो आत्म समेत रहेको छ ।

आज हरेकसँग सामाजिक उद्यम सुरु गर्न व्यवसायीक दिमाग छ तर उक्त विचारलाई मार्गदर्शन गराउने र परिवर्तनको उद्धेश्य पछ्याउने, सशक्त बनाउने उत्कृष्ट मञ्च कमै भेटिन्छ । त्यस्को लागि हल्ट प्राईज त्रिचन्द्रले महत्वपूर्ण भूमिका खेल्ने छ ।

समुदाय,विद्यार्थी र आवाजलाई समेट्दै देशको शताब्दी औं पुरानो कलेज त्रिचन्द्रले आकर्षक उपहारको समेत व्यवस्था गरेको छ।

हल्ट प्राईज फाउन्डेसनको स्थापना युवा मानिसहरुलाई स्टार्टअप विचारहरु उत्पन्न गर्न भिडको फाइदा उठाउँदै विश्वको सबैबाट महत्त्वपूर्ण सामाजिक चुनौतिहरुको समाधानको कार्यान्वयन गर्न भएको हो ।





प्रतिक्रिया दिनुहोस्