• २३ फाल्गुन २०८२, शनिबार

आजको मौसम : देशभर असिना र पानी पर्ने‚ हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमाना महाशाखाले जनाएको छ।

शुक्रवार विहान देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही मेघ गर्जनसहति असिना पर्ने र वर्षा हुने ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

राति पनि देशभर मौसम बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा असिना पर्ने र वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हिमपातको सम्भावना रहेको ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्