• २३ फाल्गुन २०८२, शनिबार

स्थानीय तह निर्वाचन घोषणाको एमालेद्वारा स्वागत

काठमाडौं : नेकपा एमालेले स्थानीय तह निर्वाचन घोषणाको स्वागत गरेको छ।

मन्त्रिपरिषद् बैठकले २०७९ साल वैशाख ३० गते एकैपटक निर्वाचन मिति घोषणा गरेकोमा प्रमुख विपक्षी दल एमालेले स्वागत गरेको हो। 

एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ढिलै भए पनि सरकारले सही निर्णय गरेको प्रतिक्रिया दिए। ‘ढिलै भए पनि सरकारले अन्ततः निर्वाचनको घोषणा गरेको छ,’ नेम्वाङले भने, ‘सरकारको निर्णयको स्वागत गर्दै निष्पक्ष, स्वतन्त्र र निर्भयतापूर्वक चुनाव हुने आशा गरेका छौं।’

नेम्वाङले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै परिणामलाई हेरेर चुनावको माग नगरिएको बताउनुभयो । ‘स्वभाविकरुपमा हामी निर्वाचन हाम्रो पक्षमा होस् भन्ने चाहन्छौं,’ उनको भनाइ थियो।

नेम्वाङले एमालेले चुनावको तयारी सुरु गरिसकेको पनि जानकारी दिए।





प्रतिक्रिया दिनुहोस्