• २३ फाल्गुन २०८२, शनिबार

राष्ट्र उत्थान लघुवित्तले फागुन ४ मा आइपीओ जारी गर्ने

काठमाडौं : राष्ट्र उत्थान लघुवित्तले फागुन ४ गतेबाट आइपीओ जारी गर्ने भएको छ। 

यस लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ लाख ५० हजार कित्ता  आइपीओ जारी गर्न लागेको हो।

यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५५ सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् पाँच प्रतिशत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ।





प्रतिक्रिया दिनुहोस्