• २५ फाल्गुन २०८२, सोमबार

काठमाडौंको टीकाथलीमा डिसहोम फाइबरनेटको सहवितरण सोरुम

काठमाडौं : नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले काठमाडौंको टीकाथलीमा पनि सहवितरण सोरुम सञ्चालनमा ल्याएको छ।

सोरुम उद्घाटन डिसहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रबिन थापाको उपस्थितिमा भएको थियो।

लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकसम्म पुर्‍याउँदै आएको टेककेयर टेक्नोलोजीले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाइएको छ।

२ हजारभन्दा धेरै ग्राहकलाई डिसहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको टेककेयर टेक्नोलोजीले अझ बढी ग्राहकसम्म पुग्न यस सोरुमले मद्दत गर्ने टेककेयर टेक्नोलोजिका सञ्चालक दीपक थापाले बताए।





प्रतिक्रिया दिनुहोस्