• २३ फाल्गुन २०८२, शनिबार

नेपाल लाइफ इन्स्योरेन्स धादिङ शाखाकाे अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

धादिङ, १४ फागुन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय धादिङको आयाेजनामा धादिङ जिल्लाकाे धादिङ बेशिमा एक दिने “अभिकर्ता पुनर्ताजगी कार्यक्रम” सम्पन्न भएकाे छ।

धादिङ शाखाका शाखा प्रमुख बिकाश न्याैपानकाे संयाेजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा कम्पनीको क्षेत्रीय प्रबन्धक प्रकाश कुमार धिताल र विशेष अतिथिमा काठमाडाैं शाखाका वरिष्ठ एजेन्सी मेनेजर बद्रीनाथ ढकालको उपस्थिति रहेको थियो ।

करिब १३० जनाकाे सहभागीता रहेकाे उक्त कार्यक्रममा कम्पनीको विभिन्न जीवन बीमा याेजनाकाे बारेमा छलफल गरिनुका साथै सहभागी अभिकर्ताहरु लागि जीवन बीमा अभिकर्ताकाे आधारभुत तालिम समेत प्रदान गरिएकाे थियाे।

उपस्थित सम्पूर्ण व्यक्तिहरु उत्साहित हुँदै प्रचुर सम्भावना भएकाे बीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्स मार्फत सहभागी भइ बीमा व्यवसायमा लाग्ने प्रणका साथ उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।





प्रतिक्रिया दिनुहोस्