नुवाकोट, २२ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसी र उहाँका भाईहरु केदार नरसिंह केसी, जगदिश्वर नरसिंह केसी स्वर्गीय माता पिताको स्मृतिमा खोलिएको संस्थाद्धारा सामाजिक कार्यमा अग्रसर रहँदै आउनुभएको छ ।
स्वर्गीय माता पिता यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्टद्धारा नुवाकोटको बिभिन्न स्थानमा स्वास्थ्य सामग्री, शैक्षिक सामग्रीलगायत लत्ताकपडा र असहायहरुलाई सहयोग गरिरहेका छन् । २०७२ को बिनाशकारी भुकम्पमा उक्त संस्थाद्धारा केसी परिवारले नुवाकोटलाई मात्र नभएर छिमेकी जिल्लाहरुमा समेत भरपुर सहयोग गरेका थिए ।
कोभिड १९ को महामारीमा विभिन्न निकाय तथा व्यक्तिहरुबाट सहयोग जुटाई नुवाकोटका सबै स्वास्थ्य संस्थाहरुमा अत्याधुनिक उपकरण सहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका थिए । साथै नुवाकोटको ८८ वटै वडामा उक्त सामग्रीहरु बितरण समेत गरेका थिए ।
कोरोना कहर कम भैसकेको अवस्थामा पनि नुवाकोटको तादी, दुप्चेश्वर, म्यागङ, शिवपुरी, ककनी, किस्पाङ गाँउपालिकाको स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएको ट्रष्टका महासचिव जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभएको छ । उहाँका अनुशार स्वर्गिय माता पिताको नाममा स्थापना गरिएको संस्थाद्धारा राजनितिक रुपमा नभै सर्वसाधारण नागरिकहरुको हितमा कार्य गर्दै आईरहेको बताउनुभएको छ ।
बिभिन्न बिपत्तीका समयहरु समेत उक्त ट्रस्टद्धारा केसी परिवारले अतुलनिय सहयोग गर्दै आईरहेका छन् । ट्रस्टले नुवाकोटका बिभिन्न बिद्यालयहरुमा शैक्षिक सामग्रीहरु र बिद्यार्थीहरुलाइृ पोषक बितरण गर्दै आईरहेको छ । शनिबार किस्पाङ गाउँपालिकाको वडा नम्बर १ मा रहेको जल्जुखोला माध्यामिक बिद्यालयलाई तिन थान कम्प्युटर र विद्यार्थीहरुलाई विद्यालय पोशक बितरण गरेको छ ।
बिद्यालयलाई कम्प्युटर हरुतान्तरण गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सस्थाका प्रमुख सल्लाहकार अर्जुन नरसिंह केसी नगरिकहरुको सुरक्षाको लागी जस्तोसुकै विपत्तीमा पनि अग्रस्थानमै कार्य गरिररहेको र आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिईरहने बताउनुभएको छ ।
नुवाकोटको समग्र विकास लगायत शैक्षिक र स्वास्थ्य क्षेत्रमा अतुलनिय कार्य गर्दे आउनुभएका नेता केसीले आगामी दिनमा पनि नागरिककै हकहितको लागी कार्य गर्ने बताउनुभएको छ । कार्यक्रममा कार्यक्रममा किस्पाङ गाउपालिका अध्यक्ष छत्र लामा, वडा अध्यक्षहरु आइत घले, आतमसिं तामाङ, नेपाली काँग्रेसका युवा नेता मछिन्द्र नरसिंह प्याकुरेल, ,रवि फुयाँल, पशुपति घले, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लामा दोर्जे तमाङ, अविभावक लगायतको सहभागिता रहेको थियो ।
यो समाचार नुवाकोट न्युजमा प्रकाशित छ ।