• २३ फाल्गुन २०८२, शनिबार

विदुर नगरपालिका १० गेर्खुस्थित गैरीखर्कमा १५ दिने प्री बेशिक सिलाई कटाई तालिम सुरु

नुवाकोट, १७ चैत । नुवाकोटको विदुर नगरपालिका १० गेर्खुस्थित गैरीखर्कमा बेशिक सिलाई कटाई तालिम सुरु भएको छ ।

बिहीबारबाट सुरु भएको उक्त तालिम १५ दिनसम्म सञ्चालन हुने बताइएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ नुवाकोटको आयोजनामा सञ्चालित तालिममा स्थानिय १० जना महिलाहरुले सीप सिकिरहेका छन् ।

उक्त तालिम महासङ्घका अध्यक्ष रामकृष्ण राजभण्डारीले मेसिन चलाएर उदघाटन गरेका थिए।

गाउँ बस्तिमै गएर सीप सिक्ने चाहना भएका महिलाहरुलाई सजिलै सीप सिकाउने र अझै सिक्ने चाहना भएमा पुनः तालिम गर्ने, महासङ्घका अध्यक्ष राजभण्डारीले बताए ।

सो तालिमको प्रशिक्षक महासङ्घका सदस्य सुजना खतिवडाले सीप सिकेर आत्मनिर्भर बन्नु पर्ने बताए । कार्यक्रममा स्थानीय धन बहादुर लामा र नारायण प्याकुरेलले तालिमको प्रगतिको शुभकामना व्यक्त गरेका थिए।





प्रतिक्रिया दिनुहोस्