• २५ फाल्गुन २०८२, सोमबार

कक्षा ८ काे परिक्षामा विदुरकाे फरक अभ्यास, परिक्षा मर्यादित गर्न मेयर श्रेष्ठको निर्देशन !

नुवाकोट- चैत २ गतेदेखि सुरु हुने कक्षा आठको अन्तिम परीक्षा यश पटकदेखि नगरस्तरीय रुपमा सञ्चालन हुन लागिरहेको छ। यस परीक्षा सञ्चालनको लागि यो पटकदेखि परीक्षा केन्द्रहरू समेत तोकिएको छ ।

अबदेखी आफ्नो विद्यालयमा परीक्षा दिन नपाइने व्यवस्था गरिएको छ। सोही अनुसार विदुर नगरपालिकाले आज परीक्षा सञ्चालनको लागि परिचालित हुने केन्द्र अध्यक्षहरूको अभिमुखीकरण कार्यक्रम नै गरेको छ । 

अभिमुखीकरणलाइ सम्बोधन गर्दै मेयर राजन श्रेष्ठले नगरपालिकाले शिक्षामा सुधारका लागि यो नयाँ अभ्यास गरेकोले यसलाइ व्यवस्थित गरेर लैजान सबै एक जुट भएर लाग्नुपर्ने बताए । साथै उनले नगरपालिकाले गरेकाे यस किसिमकाे निर्णय पश्चात् हरेक विद्यालयले आफ्ना विद्यार्थीलाई थप कक्षा लिएर परिक्षाकाे तयारी गरेकाे पाइएकोले पनि यसबाट शैक्षिक सुधार हुनेमा विश्वास गरेकाछाै ।

तोकिएका केन्द्र अध्यक्षहरूलाई प्रमुख श्रेष्ठ र उप प्रमुख प्रभा बोगटिबाट जिम्मेवारी अर्थात् नियुक्ति दिएर
परीक्षालाई मर्यादित व्यवस्थित र जिम्मेवारी रुपमा सञ्चालन गर्नको लागि निर्देशन समेत दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्