• ९ माघ २०८२, बिहीबार

सुनको मूल्य घट्यो, आज तोलाको कति ?

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

सोमबार सुनको मूल्य एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ४०  रुपैयाँले घटेको छ । सोमबार प्रतितोला रु एक हजार ९८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९४० मा निर्धारण भएको छ । 





प्रतिक्रिया दिनुहोस्