• ७ कार्तिक २०८२, बिहीबार

संविधान र प्रक्रिया अनुसार अघि बढ्छु, अझै मुख्यमन्त्री नै हुँ : बहादुरसिंह लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। उक्त प्रस्तावमा २१ जना सांसदको हस्ताक्षर रहेको छ।

मुख्यमन्त्री लामाले भने पार्टीभित्रको चुनावी प्रक्रिया स्वीकार गर्ने बताएका छन्, तर पद भने नछोड्ने संकेत गरेका छन्। उनका अनुसार, आफू अझै मुख्यमन्त्री नै भएको र मन्त्रीहरूले राजीनामा दिएपनि गठबन्धनअनुसार नयाँ मन्त्री नियुक्त गर्ने योजना रहेको छ।

“अब संसदीय दलको मात्रै चुनाव हो, म त अझै मुख्यमन्त्री नै छु,” लामाले भने, “दलको नेता फेरिएकोले मलाई कुनै दबाब छैन। मुख्यमन्त्री पदबाट हटाउन अविश्वासको प्रस्ताव ल्याउनु पर्छ। त्यो पनि गठबन्धन सरकारमा सजिलो हुँदैन।”

लामाले बागमती प्रदेशको नेतृत्व फेर्ने कुरा एक्लै सम्भव नहुने बताउँदै भने, “यदि सरकार परिवर्तन गर्नुपर्ने हो भने सातवटै प्रदेशमा गर्नुपर्छ, बागमतीमा मात्र होइन। किनकि मैले चुनाव जितेर आएको हुँ। फेरि चुनाव गर्ने हो भने सबै प्रदेशमा होस्।”

बजेटको विषयमा उठेका असन्तुष्टिप्रति प्रतिक्रिया दिँदै उनले भने, “सांसदहरूले बजेट वितरणमा असन्तुष्टि जनाउनु भएको छ। तर सबैलाई बजेट दिइएको हो — प्रत्यक्ष निर्वाचितलाई ६ करोड र समानुपातिकलाई ३.५ करोड। प्रदेशको बजेट ठूलो पनि छैन।”

उनले पार्टीभित्र यसबारे छलफल हुने बताएका छन्। साथै, केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्दा विशेष सहमति नभएको पनि बताएका छन्





प्रतिक्रिया दिनुहोस्