• २३ फाल्गुन २०८२, शनिबार

लामो प्रतीक्षापछि सिंहदरबारस्थित डीएसपी थापाको एकल बढुवा

नुवाकोट २२ – लामो समयदेखि बढुवामा छुट्दै आएका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले अन्ततः प्रहरी उपरीक्षक (एसपी)मा पदोन्नति सिफारिस पाएका छन्।

थापा बुधबार राति प्रहरी प्रधान कार्यालयको निर्णयमार्फत एकल रूपमा एसपीका लागि सिफारिसमा परेका हुन्। यो निर्णय विशेष छ, किनभने उनी यसअघि पटक–पटक बढुवाबाट बाहिरिएका थिए, यहाँसम्म कि आफ्ना दुई वर्ष जुनियर अफिसरहरू समेत एसपी बनिसकेको अवस्थामा पनि उनी छुट्दै आएका थिए।

गत साउनको पहिलो साता सार्वजनिक भएको एसपी बढुवा सिफारिसमा समेत थापा अटाउन सकेनन्। त्यसबेलाका सिफारिसमा परेकाहरूले बुधबार दर्ज्यानी चिन्ह ग्रहण गर्दा, सोही रात थापाको ढिलो भए पनि न्यायको अनुभूति हुने गरी एकल बढुवा गरिएको हो।

थापा २०६१ सालमा प्रहरी निरीक्षक पदमा भर्ना भएका थिए। हाल उनी सिंहदरबार प्रहरी वृत्तमा कार्यरत छन्। उनका सबै ब्याचमेटहरू पहिले नै एसपी बनिसकेका थिए। थापा भने आफ्नै ब्याचका अन्तिम डीएसपी थिए — जुन आफैँमा एउटा अपवाद हो।

बढुवाको औपचारिकता पुरा गर्न थापाले चाँडै दर्ज्यानी चिन्ह ग्रहण गर्ने बताइएको छ





प्रतिक्रिया दिनुहोस्