• २५ आश्विन २०८२, शनिबार

आवश्यकतामा आधारित विकास योजनामा सरकारको जोड : मन्त्री तामाङ

विदुर, नुवाकोट ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रशासनिक पुनर्संरचना, आवश्यकतामा आधारित विकास योजना कार्यान्वयन र समृद्ध प्रदेश निर्माणलाई प्रदेश सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन्।

नेपाल प्रेस युनियन नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री तामाङले योजनाहरू जनताको चाहना र प्राथमिकतामा आधारित भएर अघि बढाइने स्पष्ट पारे। उनले भने, “हामीले योजना बनाउँदा कागजमा मात्र सीमित राख्दैनौं, व्यवहारमै कार्यान्वयन गर्ने गरी अघि बढ्छौं। स्थानीय आवश्यकता र सम्भाव्यता अनुरूपको विकासमार्फत मात्र बागमती प्रदेशलाई समृद्ध बनाउन सकिन्छ।”

उनले आगामी बजेट र विकास योजनामा स्थानीय तहका आवश्यकता र प्राथमिकतालाई पहिलो प्राथमिकता दिइने उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई अनिवार्य बताए।

मन्त्री तामाङका अनुसार प्रशासनिक पुनर्संरचना कार्यान्वयनसँगै सेवाप्रवाह छरितो, सहज र प्रभावकारी हुनेछ भने विकासका योजनाहरू परिणाममुखी हुनेछन्





प्रतिक्रिया दिनुहोस्