नुवाकोट, असोज २५ — नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा हुने अन्डर–१४ फुटबल प्रतियोगिता आगामी कार्तिक २१ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना गरिने संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिनुभयो।
संघका अनुसार जिल्लाभित्रका विद्यालयहरूका अन्डर–१४ उमेर समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगितामार्फत नयाँ प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरको प्रतियोगितामा अघि बढाउने उद्देश्य लिइएको अध्यक्ष चित्रकारले बताउनुभयो।
यसअघि नुवाकोट जिल्ला फुटबल संघले अन्डर–१४ प्रतियोगिता तथा Football for School कार्यक्रम तयारी सम्बन्धी बैठक सम्पन्न गरिसकेको महासचिव बिष्णु चालीसेले जानकारी दिनुभयो