नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा नियुक्त गरेको छ। सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले अवस्थीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा लामो अनुभव हासिल गरेका अवस्थी करिब ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रूपमा नबिल बैंक प्रवेश गरेका थिए। त्यसयता उनले बैंकको उच्च व्यवस्थापनमा रहेर विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्।
अपरेसन, जोखिम व्यवस्थापन, कर्जा तथा ऋण शाखा व्यवस्थापनलगायतका क्षेत्रमा दक्ष मानिने अवस्थीलाई अनुभवी बैंकरका रूपमा चिनिन्छ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अवस्थीले हार्वर्ड बिजनेस स्कुलबाट ‘रणनीति’ सम्बन्धी कोर्ससमेत पूरा गरेका छन्।
लामो बैंकिङ अनुभव र व्यवस्थापकीय दक्षता बोकेका अवस्थीको नियुक्तिलाई नबिल बैंकको नेतृत्व तहमा महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ ।